प्रत्येक डिजिटल कारोबारमा महंगो शुल्कको ६० प्रतिशत फोनपेको खातामा, राष्ट्र बैंकको मौनतासँगै उठ्यो प्रश्न

९ चैत्र २०८०, शुक्रबार १२:४०

काठमाडौं । एफवान सफ्ट नामक मातहत खोलिएको फोनपे नामक निजि पेमेन्ट गेटवे कम्पनीले हरेक विद्युतीय भुक्तानीमा कट्टा हुने कमिशनको ६० प्रतिशत रकम लिने गरेको पाईएको छ । नियामक नेपाल राष्ट्र बैंकदेखि अन्य पावर सेन्टरमा सेटिङमा एफवान सफ्टको फोनपेले नेपालमा १८ वटा बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुका बीचमा पेमेन्ट गेटवेको रुपमा काम गरेर सर्वसाधारणलाई निकै महंगो शुल्क लिएर ठगी गर्दै आएको पाइएको छ ।

हाल प्रत्येक एक मोबाइल बैंकिङ कारोबार र पेमेन्टमा न्यूनतम १० रुपैयाँदेखि २० रुपैयाँसम्म शुल्क लिँदै आएको छ । त्यसरी सेवग्राहीसँग असुलिएको शुल्क ४० प्रतिशत बैंक वा वित्तीय संस्थाले लिएर बाँकी रहेको ६० प्रतिशत शुल्क एफवान सफ्टको फोनपेको खातामा जाने गरेको देखिएको छ । बीमापोष्टको सम्पर्कमा आएका एक बैंकका अधिकारीले मोबाइल बैंकिङ लगायतका विद्युतीय भुक्तानीमा ग्राहकसँग लिएको रकमको ६० प्रतिशत रकम एफवान सफ्ट मातहतको कम्पनी फोनपेको खातामा जाने जानकारी दिए ।

सर्वसाधारणसँग महंगो शुल्क लिने तर साईबर सुरक्षामा ध्यान नदिएको एफवान सफ्टका कारण कमजोर सुरक्षा व्यवस्थाका कारण नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खाता रहेका व्यक्तिहरुको व्यक्तिगत वितरणमा तेस्रो व्यक्तिले सहज रुपमा पहुँच स्थापित गर्न सक्ने देखिएको छ ।

बैंकहरुका बीचमा हुने कारोबारमा यति धेरै महंगो शुल्क असुली भइरहँदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन रहँदै आएको छ । सर्वसाधारण खातामा अनाधिकृत पहुँच स्थापित गर्न सकिने तथ्य पुष्टि भएको र सुरक्षा चुनौति देखिएको २४ घण्टा बितिसक्दा समेत गभर्नर महाप्रसाद अधिकारी मौन रहँदै आएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले एफवान सफ्टको फोनपेको गेटवेमार्फत सजिलै जोसुकैको खातामा पहुँच स्थापित गर्न सक्ने तथ्य थाहा पाएर पनि थाहा नपाए झै गरिरहेका छन् । नियामक निकाय राष्ट्र बैंकको मौनताले कतै फोनपेले पाउने ६० प्रतिशत घुस रकम नियामसम्म बाँडचुड त हुँदैन ? प्रश्न उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*