आपसमा सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न होलीको अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालको शुभकामना

९ चैत्र २०८०, शुक्रबार १५:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आज होलीको अवसरमा एक कार्यक्रम गरी मनाइएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुर्य प्रसाद सिलवालले कर्मचारीहरूलाई आपसी सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्न आह्वान गरेका छन् ।

होलीको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले होली आपसमा खुशी साटासाट गर्ने र नराम्रा कुराहरू त्याग गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए ।

शुक्रबार प्राधिकरणका कर्मचारीहरुले एक आपसमा माया, सद्भावनाका साथ रङ लगाएर होलि मनाएका हुन् । प्राधिकरणका सम्पूर्ण कर्मचारीहरुले कार्यालयमा नै सभ्य तरिकाले होली मनाएका छन् । होलिका कारणले गर्दा कर्मचारीहरुबीच माया र सद्भाव पनि बृद्धि हुने कर्मचारीहरुले विश्वास गरेका छन् ।

बीमा कर्मचारी संगठनका अध्यक्ष शम्भु मिश्रले सम्पूर्ण कर्मचारीलाई होलिको शुभकामना प्रदान गरेका छन् । साथै उनले आउँदो समयमा अझै बढी कर्मचारीहरुका साथ होली पर्व मनाएर कर्मचारीहरु प्रति माया र सद्भावनाको विकास गर्ने प्रतिवद्धता समेत जनाए ।

‘कर्मचारीहरुलाई भोलिका दिनमा आर्थिक प्याकेजको पनि व्यवस्था गर्छौ । बीमा प्राधिकरण हिजोका दिनहरु भन्दा धेरै अगाडी बढ्नुका साथै व्यवस्थित समेत बनेको छ’ प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । साथै उनले सम्पूर्ण कर्मचारी लगायत बीमा क्षेत्रका व्यवसायीलाई समेत होलीको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा होलिको शुभकामना दिदैं निर्देशक पुजन ढुंगेलले प्राधिकरणका कर्मचारीहरुसँग सधै होलि मनाउन पाउ भन्दै इच्छा प्रकट गरिन् । साथै उनले कार्यालयको वातावरण पनि राम्रो होस् र कर्मचारीहरुबीच कुनै पनि बिषयलाई लिएर चित्त दुःखाई भएमा पनि त्यस्ता कुरालाई भुलाएर होलि मनाउन आग्रह गरिन् । नेपाली समुदायमा होलिलाई विशेष रुपले मनाउने प्रचलन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*