नेपाल लाइफमा सिईओ सहित कर्मचारीले भव्यताका साथ मनाए होली

९ चैत्र २०८०, शुक्रबार १८:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रम आयोजना गरी रङको पर्व होली सभ्यताका साथ मनाएको छ ।

होलीको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीसहित कर्मचारीहरुले होली मनाएका छन् ।

शुक्रबार कम्पनीका कर्मचारीहरुले एक आपसमा माया, सद्भावनाका साथ रङ लगाएर होलि मनाएका हुन् । कम्पनीका सम्पूर्ण कर्मचारीहरुले कार्यालयमा नै सभ्य तरिकाले होली मनाएका छन् । होलीका कारणले गर्दा कर्मचारीहरुबीच माया र सद्भाव पनि बृद्धि हुने कर्मचारीहरुले विश्वास गरेका छन् ।

होलीको अवसरमा आयोजित कार्यक्रममा सिईओ पराजुलीले कर्मचारीहरूलाई आपसी सौहार्दता र गलत कुरा त्यागेर अघि बढ्नुका साथै होली आपसमा खुशी साटासाट गर्ने र नराम्रा कुराहरू त्याग गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*