एलआइसी नेपालको दमौली शाखाद्वारा बीमा दावी भुक्तानी

९ चैत्र २०८०, शुक्रबार १८:५८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखा कार्यालयले बीमा दावी बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका दमौली शाखाका शाखा प्रबन्धक मनहरी लोहनीले बीमा वापतको दुई लाख ३१ हजार ६ सय रुपैयाँको चेक बीमितका छोरा मान सिंह थापा लाई हस्तान्तरण गरेका हुन् ।

म्याग्दे गाउँपालिका वडा नं ३ बस्ने ४७ बर्षकी चेत माया थापा १५ वर्षको लागि सावधिक योजना चाँही अभिकर्ता होम बहादुर आलेसङ बीमा गराएकि थिइन । उनको क्यान्सरको कारणले दुःखद निधन भएको थियो । उनले २ वर्ष अगाडी दुई लाख बिमाङ्क बराबरको बीमा गरेकी थिइन् ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा दमौली शाखाका शाखा प्रमुख मनहरी लोहनी, अभिकर्ता होम बहादुर आले लगायतको उपस्थिती रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*