सानिमा रिलायन्सको रिजनल कार्यालयमा बार्षिकोत्सवको शुभकामना आदनप्रदान

९ चैत्र २०८०, शुक्रबार १९:२१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार शुभारम्भ गरेका एक बर्ष पूरा अवसरमा ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ताहरुले हर्षोल्लासका साथ भव्यताका साथ मनाएका हुन् ।

उपत्यकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, बीमा अभिकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठले अभिकर्ताहरुलाई जिम्मेवार भएर बीमा व्यवसाय गर्दा जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

साथै उनले आगामी दिनमा कम्पनीलाई थप मजबुत बनाएर अग्रसर हुन सबैलाई आग्रह गरे । बार्षिकोत्सवको उपल्क्ष्यमा कम्पनीलाई यस स्थानसम्म पुराउन सहयोग गर्ने सम्पूर्णलाई सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरुले बार्षिकोत्सव खुशी साटासाट गर्दैमनाएका छन् ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरि समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४। १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२। ६९ अर्ब रहेको छ । देशभरि १७५ साखा संजाल मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*