२१ बीमा कम्पनीका शेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

१० चैत्र २०८०, शनिबार १०:४७

काठमाडौँ । यस साताको अन्तिम कारोबारको २१ बीमा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा बीमा कम्पनीका अधिकांश लगानीकर्ताले गुमाउन पुगेका हुन् ।

जीवन बीमा
बिहिबार जीवन बीमा कम्पनीको शेयर मूल्य ८६.१६ अकंले घटेर १०३९०.९८ बिन्दुमा बन्द भएको छ । कारोबार आएका १२ बीमा कम्पनीको मध्य सो दिन ११ कम्पनीको शेयर मूल्य घटेको हो भने एलआइसी नेपालको शेयर मूल्य मात्र ०.०९ प्रतिशतले बढेर एक हजार ३५६.२० रुपैयाँ पुगेको छ ।

यसदिन सानिमा रिलायन्स लाइफका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन कम्पनीको शेयर मूल्य १.७४ प्रतिशतले घटेर ४५२ रुपैयाँ पुगेको हो ।

निर्जीवन बीमा
निर्जीवन बीमा कम्पनीको शेयर ८९.८० अकंले घटेर १०६६४.५६ बिन्दुमा बन्द भएको छ । यस दिन कारोबारमा आएका १२ निर्जीवन बीमा कम्पनी मध्य १० कम्पनीको शेयर मूल्य घटेको हो भने राष्ट्रिय बीमा कम्पनीको ०.३५ प्रतिशतले बढेर १३ हजार ९४९ रुपैयाँ र आइजीआइ प्रुडेन्सियलको स्थिर रहेको छ ।

यस दिन नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य १.८६ प्रतिशतले घटेर ८४२ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*