प्रतिकित्ता १४३ रुपैयाँमा प्रभु बैंकको शेयर किन्न सकिने, अन्य वाणिज्य बैंकको कति ?

१० चैत्र २०८०, शनिबार १२:१३

काठमाडौँ । वाणिज्य बैंकको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा ठुलो हिस्सा बोकेको वाणिज्य बैंकको शेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् ।

साताको अन्तिम कारोबारको दिन वाणिज्य बैंकको शेयर मूल्य ७.४० अकंले घटेर १०९०.९७ बिन्दुमा बन्द भएको छ । सो दिन १५ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ भने ३ कम्पनीको मात्र वृद्धि भएको छ । यस दिन प्राइम कमर्सियल बैंकको शेयर मूल्य १९५ रुपैयाँमा स्थिर रहेको हो ।

बिहिबारको दिन नेपाल एसबिआइ बैंकको ०.८३ प्रतिशत, कृषि विकास बैंकको ०.२१ प्रतिशत र प्रभु बैंकको ०.१४ प्रतिशतले बढेको छ । सबैभन्दा सस्तो शेयर मूल्य प्रभु बैंकको रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता १४३ रुपैयाँमा नै खरिद गर्ने पाउनेछ ।

यसदिन ग्लोबल आइएमई बैंकका लगानीकर्ताले सर्वाधिक शेयर मूल्य घटाएका छन् । बिहिबार कम्पनीको शेयर मूल्य १.४२ प्रतिशतले घटेर १८७.३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*