ग्लोवल मनी विकमा कर्णाली प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना

‘शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमा दायरा विस्तार गर्ने’
राजन कठायत
११ चैत्र २०८०, आईतवार १२:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकको अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् ।

कर्णाली प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । कर्णाली प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।

मंगलबार अर्थात चैत ६ गते कर्णाली प्रदेश कार्यालयले कर्णालीमा रहेको मध्येपश्चिम विश्व विद्यालयमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमा करिब १२० जना भन्दा बिद्यार्थीहरुको सहभागिता रहेको कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले बीमापोष्टलाई जानकारी दिए ।

साथै, बुधबार अर्थात चैत ७ गते प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले दैलेख जिल्लाको नारायण नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक बिद्यालयमा करिव १३० जना बिद्यार्थीको सहभागितामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको प्रदेश प्रमुख सोडारीले जानकारी दिए ।

‘ग्लोबल मनि वीकको अवसरमा हामिले कर्णाली प्रदेशका दुर–दराजमा रहेका बिद्यालयहरुसँग सम्वनय गरी शिक्षक र बिद्यार्थीहरुलाई बीमा सम्बन्धि जनचेतनामुलक ज्ञान प्रदान गर्न कार्यक्रम सम्पन्न गरर्यौ’ प्रदेश प्रमुख सोडारीले बताए । साथै उनले शिक्षक र बिद्यार्थीलाई बीमा सम्बन्धि ज्ञान प्रदान गर्दा गाँउ समाजमा रहेका आम नागरिकलाई सजिलै बीमा ज्ञान प्रदान गर्न सकिने बताए ।


बिद्यार्थिहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृति विकास गर्ने, सहभागिहरुलाई नेपालको बीमा प्रणाली र व्यवसायको सम्बन्धमा जानकारी प्रदान गर्ने र शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमा दायरा विस्तार गर्ने उदेश्यसहित कर्णाली प्रदेश कार्यालयले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालय ग्लोवल मनी विकमा निकै सक्रिय देखिएको छ । प्राधिकरणले आयोजना गरेको बीमा साक्षरता तथा प्राभातफेरी कार्याक्रमका कारणले सयौं बिद्यार्थीहरुले बीमा सम्बन्धि आवश्यक ज्ञान हासिल गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*