माछापुच्छ्रे बैंकको साढे ५९ हजार कित्ता शेयर बिक्रीमा

११ चैत्र २०८०, आईतवार १४:१९

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५९ हजार ६५६ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । यसअघि गत माघ ७ गते विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले यी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेको यी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*