माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

१२ चैत्र २०८०, सोमबार ०९:५२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको हो।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवाश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र ११ गते)ले सात दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारास्थित बाघ दरबार जे.डि.ए. कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा आफूले खरिद गर्न चाहेको मूल्य र शेयर संख्यासमेत खुलाई निवेदन दिनुपर्नेछ ।

यसअघि फागुन १ गते विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बैंकले यो शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*