डिसहोम प्रयोगकर्तालाई एनआइसी एशिया बैंकको सुविधा, एक महिनाको रिचार्जमा तीन महिना सित्तैमा

१२ चैत्र २०८०, सोमबार १२:१८

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुका लागि नयाँ–नयाँ स्किमहरु ल्याउने गरेको छ । यसैक्रममा बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई गज्जबको लाभदायक स्किम ल्याएको छ ।

बैंकले डिसहोम प्रयोगकर्ताहरुलाई एक महिनाको डिसहोम रिचार्ज गर्दा तीन महिना निःशुल्क डिसहोम टिभि सब्सक्रिप्सन पाउने नयाँ योजना ल्याएको हो । सो स्किम जित्नको लागि प्रयोगकर्ताहरुले एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत डिसहोम रिचार्ज टपअप गर्नुपर्ने सर्त रहेको छ । बैंकका अनुसार यो योजना फागुन १८ गतेदेखि चैत १८ गतेसम्म एक महिनाका लागि मात्र मान्य हुने योजनामा उल्लेख गरेको छ ।

बैंकका ग्राहकहरुका लागि मात्र यो अभियान लागु हुने भएको छ । उक्त योजनामा एनआईसी एशिया मोबाइल बैंकिङ्ग मार्फत आफ्नो डिसहोम टिभि सदस्यता कम्तिमा एक महिनाको लागि रिचार्ज गर्ने १० जना भाग्यशाली ग्राहकहरुले डिसहोम टिभिको तीन महिनाको सदस्यताको पुरस्कार पुःन प्राप्त गर्न सक्नेछन् ।

बैंकले उल्लेख गरेको नियम र सर्तमा भए बमोजिम लक्की ड्र मार्फत विजेता चयन गरिने भएको छ । पुरस्कार वितरण विजेता घोषणा भएको एक हप्ता भित्र हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*