बीमा क्षेत्रको गुनासो अब अनलाईनमार्फत नै दिन पाईने, प्राधिकरण धाउनु नपर्ने

१२ चैत्र २०८०, सोमबार १२:४८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा गुनासो पठाउने व्यवस्था अनलाईनमार्फत नै सुचारु गरेको छ।नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फत नै बीमा गुनासो दिन पाउने व्यवस्था सुचारु गरेसँगै आवेदकले उजुरी शाखा धाउनु नपर्ने भएको छ।

प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही गुनासो गनुपरे अनलाईनमार्फत नै पठाउन सक्ने व्यवस्थाको सुरुवात गरेको हो ।

बीमा प्राधिकरणका अनुसार बीमा क्षेत्रसम्बन्धी कुनै गुनासो पठाउन आवेदकले निवेदकको पूरा नाम, ठेगाना, सम्र्पक नम्बर, इमेल नम्बर, उजुरीको बिषय, बीमक वा सम्बन्धित पक्षको नाम र सो सम्बन्धि कागजात र गुनासो राखी पेश गनुपर्ने हुन्छ।

सो पश्चात् आवेदकले दिएको उक्त उजुरी बीमा प्राधिकरणको उजुरी शाखामा पुग्छ । उजुरी शाखामा पुगेको उक्त बिषयमा उजुरी विभागका कर्मचारीहरुले हेरेर सो बिषय अध्ययन गरेर आवेदकलाई प्रतिकृया समेत दिईने व्यवस्था रहेको छ।

यसअघि बीमित वा कुनै सरोकारवालाले बीमा प्राधिकरणमा नै गएर उजुरी दिन पाउने व्यवस्था रहेको थियो । बीमा क्षेत्रमा भएका गुनासोहरु प्राधिकरणको उजुरी शाखामा दर्ता गरेपछि मात्रै उजुरी लिने व्यवस्था रहेको थियो ।

सो व्यवस्था परिर्वतन गरेर नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फ नै बीमा गुनासो दिन पाउने व्यवस्था गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*