जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १ खर्ब नजिक, कुनको कति ? (सूची सहित)

१२ चैत्र २०८०, सोमबार १३:२३

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै १ खर्ब नजिक पुगेको छ। कम्पनीहरुले फागुण सम्ममा ९८ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ करोड बढी बीमाशुल्क वापत ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्

।यस अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।दोस्रोमा एलआइसी नेपाल रहेको छ ।कम्पनीले यसअवधिमा ११ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन आर्जन गर्न सफल भएको छ।

तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा११ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा मर्जरपछि बलिायो बन्दै गएको हिमालयन लाइफले ११ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शूल् आर्जन गर्न सफल भएको छ।

त्यस्तै, सूर्यज्योति लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, सकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ७२ करोड रुपैयाँ, मेट लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ३६ करोड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*