जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब नयाँ व्यवसाय भित्र्याए, नेपाल, नेशनल र हिमालयन अग्रस्थानमा

१२ चैत्र २०८०, सोमबार १४:०७

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्ममा साढे १८ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्म्मा १८ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

१४ जीवन बीमा कम्पनीमध्ये आठ महिनाको अवधिमा करोड कारोबारमा झरेका छन् । ६ कम्पनीको मात्रै अर्बमा कारोबार भएको छ । नेपाल लाइफ, नेशनल लाइफ, हिमालयन लाइफ, एलआईसी नेपाल, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, एशियन लाइफमात्रै अर्ब कारोबार गर्ने कम्पनीमा पर्न सफल भएका छन् ।

प्रथम बीमाशुल्क आर्जनमा नेपाल लाइफ सदाझै अग्रस्थानमा रहेका छ । कम्पनीले फागुण महिनासम्ममा ४ अर्ब २४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा २ अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यसअवधिमा १ अर्ब ३९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा एलआईसी नेपाल रहेको छ। कम्पनीले फागुण मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमाशुल्क अर्जान गर्न सफल भएको छ।

त्यस्तै, सूर्य ज्योति लाइफले १ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् ।

यी ६ कम्पनीले नयाँ व्यवसाय भित्र्याउन जोड गरेको देखिन्छ । आर्थिक मन्दीपछि बीमा कम्पनीहरुको व्यवसायमा रफ्तार देखिएको छैन । आधा दर्जन कम्पनीले भने यस अवधिमा पनि आफनो व्यवसाय विस्तार जोड दिएको देखिन्छ।

करोडमा कारोबार गर्ने कम्पनी

आठ कम्पनीले आठ महिनाको अवधिमा करोडमा कारोबार गर्न सफल भएका छन् । सानिमा, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ, प्रभु महालक्ष्मी लाइफ र सरकारी स्वामित्वमा रहेका कम्पनीहरु करोडमा करोडमा कारोबार गर्ने कम्पनीहरु हुन् ।

सानिमा रिलायन्स लाइफले यस अवधिसम्ममा ९८ करोड ८७ लाख रुपैयाँ, आइएमई लाइफले ८७ करोड, सन नेपाल लाइफले ८७ करोड, रिलायबल नेपाल लाइफले ८५ करोड रुपैयाँ, मेट लाइफले ८२ करोड, प्रभु महालक्ष्मी लाइफले ५३ करोड र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ३९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*