८ महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ७९ अर्ब माथि, कुनको कति ? (तंथ्याङ्क सहित)

१२ चैत्र २०८०, सोमबार १४:३७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनाको अवधिसम्म्मा साढे ७९ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन उठाउन सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्ग्यांक अनुसार जीवन बीमा कम्पनीहरुले आठ महिनासम्ममा सार्वजनिक गरेको तथ्यांकले कम्पनीहरुले ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको देखिएको छ।

बीमा बजारमा आफनो छुटै सर्वाधिक कारोबार गर्ने इतिहास बोकेको नेपाल लाइफले एक्लैले २२ अर्बको नविकरण बीमाशुल्क भित्र्याएको छ।

Sources: Beema Pradikaran

एलआईसी नेपालले १० अर्ब २२ करोड रुपैयाँको नविकरण बीमाशुल्क आर्जन गरेको छ।

मर्जरपछि थप बलियो बन्दै गएको हिमालयन लाइफले यस अवधिसम्ममा ९ अर्ब ७८ करोड रुपैयाँ नविकरण बीमाशुल्क उठाएको तथ्यांकले देखाएको छ।

त्यस्तै, नेशनल लाइफले ८ अर्ब ७० करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ८४ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ४ अर्ब ३६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ११ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ८१ करोड रुपैयाँ नकिवरण बीमाशुल्क रकम आर्जन गरेको प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।

त्यस्तै, मेट लाइफले २ अर्ब ८१ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ८१ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब १८ करोड, आइएमई लाइफले १ अर्ब ९५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७७ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*