बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन

बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन
१२ चैत्र २०८०, सोमबार १७:५९

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ।

बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बताएका छन् ।

अब सम्पूर्ण बीमकले जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानी रकम आफ्नो वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ।

बीमा प्राधिकरणले लङ टर्म क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउनुपर्ने निर्देशिका ल्याएको हो । सो कारण कम्पनीहरुलाई वितरणयोग्य मुनाफा घटाउन कम्पनीहरुलाई निर्देशिका नै बनाएर घटाउन जोड गरेको हो ।

बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम जलविद्युत तथा सौर्य ऊर्जा, पर्यटन तथा वायुसेवा, कृषि, केबलकार, शिक्षा र स्वास्थ्य, घरजग्गा व्यवसाय र प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड क्षेत्रमा लगेको लगानी रकम वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार लालले जानकारी दिएका छन्।

कुन कुन क्षेत्रमा लगानी गर्दा कम्पनीहरुले वितरणयोग्य मुनाफा घटाउनुपर्छ ?

जलविद्युत तथा सार्य ऊर्जा क्षेत्र

(क) बीमा कम्पनीले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था गरिएको छ ।

(ख) जलविद्युत परियोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति लगानी गरेको मितिले पाँच वर्षभन्दा पछि भएको अवस्थामा आवश्यक व्यावसायिक सञ्चालन मितिभित्र लगानी गरेको कम्पनी सूचीकृत नभएमा बीमकले यस क्षेत्रमा भएको लगानी रकमलाई वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ।

पर्यटन एंव वायुसेवा क्षेत्र

बीमा कम्पनीहरुले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले पाँच वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था गरिएको छ।

कृषि क्षेत्र
(क) बीमा शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था गरिएको छ।

(ख) पाँच करोड वा सोभन्दा कम पुँजी लगानी भएको खण्डमा बीमकले लगानी गरेको ३ वर्ष अवधिपञ्चात उक्त कम्पनी खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्ने व्यवस्था रहेको छ।

केबलकार क्षेत्र
बीमा कम्पनीहरुले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ६ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था रहेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्र
(क) बीमा कम्पनीहरुले शेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ५ वर्षसम्म धितोपत्रसम्बन्धी कानुनबमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखांकन गरेको उक्त लगानीको रकमलाई वितरयायोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था रहेको छ।

(ख) बीमा कम्पनीहरुले लगानी गर्नुपूर्व नै सञ्चालनमा रहेको संस्थाको हकमा उक्त कम्पनी सूचीकृत नहुन्जेल लगानी गरेको मितिले २ वर्षपश्चात उक्त संस्था खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने व्यवस्था रहेको छ।

घरजग्गा व्यवसाय क्षेत्र
बीमा घरजग्गा व्यवसाय क्षेत्रमा लगानी रकमलाई परियोजना निर्माण अवधिसम्म उक्त परियोजना सम्पन्न हुन नसकेमा वितरणयोग्य मुनाफा गर्दा घटाउनुपर्ने हुन्छ ।

प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड क्षेत्र

बीमा कम्पनीहरुले  विशिष्टीकृत लगानी कोषबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानीको लेखाङ्क गरेको रकमभन्दा उक्त फन्डमा भएको लगानीको खुद सम्पत्ति मूल्य कम भएमा लेखाङ्क मा गरेको रकम र फन्डमा भएको लगानीको खुद सम्पत्ति मूल्यको फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्ने हुन्छ ।

first-amendment

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*