सरकारले अनिवार्य गरेको म्यादि जीवन बीमाबाट २ अर्ब बीमाशुल्क आर्जन, कुनले कति संकलन गरे ? (सूचीसहित)

१३ चैत्र २०८०, मंगलवार १७:३२

काठमाडौं । सरकारले बैदेशिक रोजगारमा जाने आम नागरिकहरुलाई बीमा अनिवार्य गरेको छ । हाल नेपालमा सञ्चालन रहेका १० वटा जीवन बीमा कम्पनीहरुले मात्र बैदेशिक रोजगार बीमालेख (म्यादि) बिक्री गर्दै आएका छन् ।

जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख मार्फत फागुन महिनासम्ममा एक अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीहरुले २० लाख ९ हजार तीन सय ५१ वटा म्यादि बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार नेपाल लाइफले ७४ हजार ७६ वटा बीमा पोलिसी बिक्री गरेर १७ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, नेशनल लाइफले चार लाख १० हजार वटा बीमा पोलिसी बिक्री गरेर ४३ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

फागुन महिनासम्ममा एशियन लाइफले १८ करोड ८५ लाख रुपैयाँँ, सन नेपाल लाइफले ४९ करोड ८१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख रुपैयाँ, सिटिजन लाइफले सात करोड ४४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*