१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

१४ चैत्र २०८०, बुधबार १७:३४

काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ ।

पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर मूल्य पनि आज ओरालो लागेको छ । नेप्सेमा सूचीकृत २४ बीमा कम्पनी मध्य १९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको वृद्धि हुँदा एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

जीवन बीमा

नेप्सेमा कारोबार भइरहेका १२ जीवन बीमा कम्पनी मध्ये ११ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा कम्पनीको शेयर ८१.३१ अकंले घटेर १०१९०.०५ बिन्दुमा बन्द भएको हो । आज आइएमई लाइफको शेयर प्रतिकित्ता १ रुपैयाँ ७० पैसाले बढेर ५३३ रुपेयाँ पुगेको छ ।

आज सर्वोधिक शेयर मूल्य गुमाउने कम्पनीका सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २.०६ प्रतिशतले घटेर १० रुपैयाँ ४० पैसाले बढेर ४९४ रुपैयाँमा सिमित भएको छ ।

निर्जीवन बीमा

निर्जीवन बीमा कम्पनीको शेयर ६१.३९ अकंले घटेर १०५२२.६५ बिन्दुमा बन्द भएको छ । आज ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ ।

बुधबार नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१२ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*