रिलायबल नेपाल लाइफ धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी

१५ चैत्र २०८०, बिहीबार ११:११

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले बीमितलाई दुई लाख बढी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले कृष्णपुर –०७ निवासी स्वर्गिय सुनिल भन्डारीका बुवा रबि सिङ भन्डारीको परिवारलाई दुई लाख ६२ हजार २४० रुपैयाँ मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

उक्त बीमा दावी भुक्तानी वापतको रकम कम्पनीका प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, धनगढी शाखा प्रमुख बिक्रम सिह बोगटी, मार्केटिङ बिभाग प्रमुख जय प्रकाश अवस्थी लगायत एजेन्सी म्यानेजर सुरेश बिष्ट र अन्य एजेन्सी मेनेजर को उपस्थितिमा रकम हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*