लघुवित्तभित्रै छिरेर कर्मचारीमाथि आक्रमण, कुटपिट र तोडफोड गर्नेलाई कारबाही गर्न कम्पनीले लियो एक्सन

राजन कठायत
१५ चैत्र २०८०, बिहीबार १८:२४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालयमा तोडफोड भएको छ । स्थानीयहरुको १०० जना भन्दा ठुलो समुहले लघुवित्तको कार्यालयमा गएर तोडफोड गरिएको छ । साथै उक्त लघुवित्तको कर्मचारी आवासगृहमा प्रवेश गरि कर्मचारीहरूलाई समेत निर्घात रुपमा कुटपिट गरेका हुन् ।

बुधबार दिउँसो २ बजे संस्थाको शाखा कार्यालय महुली, सप्तरीमा हातहतियारसहित अनाधिकृत तरिकाले पसी कम्पनीका र्कचारीलाई कुटपिट गर्नुका साथै आफुले लिएको ऋण कुनै पनि हालतमा नतिर्ने भन्दै धम्की समेत दिएको पीडित कर्मचारीको भनाई छ ।

संस्थामा कार्यरत कर्मचारीहरुलाई लक्षित सांघातिक आक्रमण गर्नु तथा संस्थाको नीति नियम प्रति पूर्ण वफादार रही आफ्ना काम गरिरहेका कर्मचारीलाई दिन दहाडै खुलेआम राज्यको कानुनलाई चुनौंती दिएको कम्पनीका सीईओ गंगाधर पाण्डेले बीमापोष्टलाई बताए ।

कम्पनीको शाखा कार्यालयमै एक्कासी प्रवेश गरी तोडफोड गर्ने र कर्मचारीलाई निर्घात कुटपिट गर्नेहरु विरुद्ध कानुनी लडाई लड्ने उनको भनाई रहेको छ । साथै, उनले सो घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरी, राष्ट्र बैंकलाई समेत जानकारी गराईसकेको बताएका छन् ।

सो समुहका पुरुषहरुले कम्पनीकी महिला कर्मचारीलाई समेत निर्घात कुटपिट गरेको छ । ती महिला कर्मचारीको अहिले अस्पतालको आईसीयुमा राखी उपचार भैरहेको छ महुली लघुवित्त शाखा प्रमुख गोपाल प्रसाद शाहले बीमापोष्टलाई जानकारी दिए ।

एक महिला कर्मचारीलाई उनकै आवास भित्र अनाधिकृत रुपमा प्रवेश गरी समाजका सभ्य भनाउँदा पुरुषहरुले नै निर्घात कुटपिट गरी पुरुर्षाथ देखाएको घटना प्रति अचम्भित भएको जनाएको छ ।

प्रशासनसँग निरुत्साहित बनेका शाखा प्रमुख शाहले लघुवित्तका कर्मचारीहरुलाई काम गर्ने वातावरण नै नरहेको बताए । साथै, शाखा प्रमुख शाहले प्रहरी प्रशासनले सहयोग नगरेको आरोप लगाएका छन् । ‘सरकारले हामीहरुलाई कारोबारको अनुमति दिएर पनि कारोबारको वातावरण सिर्जना गर्न नसकेको र आउँदो दिनमा प्रशासनबाट सुरक्षा प्रदान गर्न आवश्यक रहेको छ’ शाखा प्रमुख शाहले बताए ।

नियामक सरकारी निकाय नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाको अनुमति प्रदान गरेका संस्थाका कर्मचारी माथि स्थानीयहरुले कुटपिट गर्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएको बताए ।

उक्त लघुवित्त कम्पनीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै घटनामा संलग्नहरूलाई छानविन गरि दोषी माथि कारवाही गर्न आग्रह गरेको छ । साथै घटनामा दोपीलाई हदैसम्मको कारबाही गर्न नेपाल लघुवित्त बैंकर्स संघ र नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला सम्वनय समिति, सप्तरीले पनि प्रेस विज्ञति जारी गर्दै घोर भत्सना गरेका छन् ।

One thought on “लघुवित्तभित्रै छिरेर कर्मचारीमाथि आक्रमण, कुटपिट र तोडफोड गर्नेलाई कारबाही गर्न कम्पनीले लियो एक्सन

  1. सुमन साह says:

    नेपाल रास्ट्रको मान्यता प्राप्त सन्स्था जस्मा गाउँ गाउँ मा गाई गरिबी नियुनिकर्न र बिना धितो ऋण लगानी गर्नु र उलटे केही दलालहरु गलत प्रचार गरि आफ्नो स्वर्स्थ पूरा गर्न सोझा साझा जनता बाट रकम असुलि कर्मचरी लाई ज्यान समेत लिने गरि कु टने पनपिहरु लाय कार्वाही हुनु पर्छ ।यो घटना काे मुख्री दोशी धनिक लाल चौधरी हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*