सूर्यज्योति लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ३५% छुट

१६ चैत्र २०८०, शुक्रबार ११:४३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । यो सुविधा आउदो चैत्र २५ गतेसम्म लागु हुनेछ ।

बीमालेख नवीकरण गर्नका लागि ग्राहकले नजिकको शाखा कार्यालय गई वा आफ्नो मोबाइल बैंकिङ्ग वा अनलाइन वालेटहरुबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । विलम्ब शुल्कमा छुट बीमा अवधिभर एक पटकमात्र प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, पुनर्जागरण भएको एक वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाइने तथा २०८१ चैत्र १६ गतेभित्र परिपक्व हुने बीमालेखमा यो छुट लागु नहुने कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*