उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

१६ चैत्र २०८०, शुक्रबार १३:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बिशेषत निर्जिवन बीमा कम्पनीहरुले उधारोमा बीमा पोलिसी जारी गरी रकम भुक्तानी नभई दावी भुक्तानी माग्ने प्रवृत्ति बढ्न थालेपछि प्राधिकरणले एक सर्कुलर मार्फत उधारो बीमा पोलिसी जारी गर्ने कार्य बन्द गर्न सबै कम्पनीहरुलाई निर्देशन दिएको हो ।

पूर्ण बन्देज लगाएको उधारो बीमा कम्पनीहरुले सो बमोजिम नै करोबार गरिरहेको हुँदा तत्काल रोक्न बीमा कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको हो ।

प्राधिकरणबाट समय समयमा बीमकको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा कैफियत देखिएको तथा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा बीमकका सम्बन्धमा गुनासो प्राप्त भएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको निर्देशक दिनेशलाल कर्णले बीमापोष्टलाई जानकारी दिएका हुन् ।

बीमा कम्पनीहरुले उधारो बीमा गर्ने गरेको सम्बन्धीमा बीमा प्राधिकरणमा उजुरी परेको तथा जनगुनासोको आधारमा बीमा कम्पनीका कार्यकारी प्रमुखहरुलाई उधारो बीमा गर्ने गराउने कार्य रोक्न सचेत गरेको उक्त पत्रमा उल्लेख रहेको छ।

बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशन विपरित काम गरेको हुँदा प्राधिकरणले कम्पनीहरुले यस्तो काम तत्काल रोक्न निर्देशन दिएको निर्देशक कर्णले बताए ।उधारो बीमालाई पूर्ण रुपमा निरुत्साहित गरी बीमा शुल्क दाखिला पश्चात बीमालेख जारी गर्ने, चेकमार्फत बीमाशुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी भुक्तानी दिन निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*