छोटो अवधिमै नेपाल लाइफका कार्की बने २०२५ को लागि एमडीआरटी 

१८ चैत्र २०८०, आईतवार ११:३१

काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२५ का लागि ३ महिनामै एमडीआरटी बन्न सफल भएका छन् । उनी कम्पनीबाट २०२५ को लागि छोटो अवधिमा नै एमडीआरटी बन्ने बरिष्ठ एजेन्सी म्यानेजर हुन् ।

सन् २०२५ को लागि एमडीआरटी बन्नको लागि ४७ लाख रुपैयाँ बरारबरको प्रथम बीमाशुल्क आर्जन गर्नुपर्ने छ । बरिष्ठ एजेन्सी म्यानेजर कार्कीले उक्त लक्ष्य साढे २ महिनाको अवधिमा नै पुरा गरी एमडीआरटी बन्न सफल  भएका हुन् ।

सन २०२३ को लागि कम्पनी कै प्रथम सीओटी बन्न सफल बरिष्ठ एजेन्सी म्यानेजर कार्की विगत ६ वर्षदेखि बीमा व्यवसायमा अपार सफलता बटुल्दै आएका छन् ।  दुई दशक भन्दा लामो समय नेपाल प्रहरीमा काम गरेर एक दशक वैदेशिक रोजगारीमा जीवन व्यतित गरेका अभिकर्ता कार्की विगत ६ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगातार एमडिआरटी हुन सफल भएका छन् ।

कम्पनीका  एकदम सफल बरिष्ठ एजेन्सी म्यानेजर कार्कीले बीमा क्षेत्रमा पाइला टेक्नको लागि अभिकर्ता लाइसेन्स पाएको ६ महिना मै एमडीआरटी बन्न समेत सफल भएका थिए । ‘मैले कुनै पनि समय नागरिकहरुको नराम्रो सोचिन र नेपाल प्रहरीमा रहदा होस् वा वैदेशिक अवस्थामा रहँदा होस् समाज सेवा र नागरिकको सेवालाई बढी प्राथमिकता दिने गर्छु । जस कारण अहिले आम नागरिकले मलाई मेरो क्षेत्रमा सफल बन्न सहयोग गरिरहेका छन्’ बरिष्ठ एजेन्सी म्यानेजर कार्किले खुशी हुदै बताए ।

साथै, उनले चितवनको टाडी र पर्सा शाखाबाट बीमा व्यवसाय गर्दै आएको बताउदै यस देश भरीका नागरिकलाई बीमा सम्बन्धि ज्ञान प्रदान  गरी सम्पूर्णको जीवन सुरक्षा गर्ने उदेश्य रहेको समेत बताए ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*