गण्डकी प्रदेशमा पहिलोपटक अभिकर्ता परीक्षा सञ्चालन

१९ चैत्र २०८०, सोमबार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गण्डकी प्रदेशमा गत हप्ताको शुक्रबार पहिलोपटक बीमा अभिकर्ता परीक्षा सञ्चालन गरेको छ ।

प्राधिकरणले दोस्रो चरणको परीक्षा यही हप्ताको आइतबार सञ्चालन गरेको छ । साथै तेस्रो चरणको परीक्षाको लागि प्राधिकरणले मिति समेत तय गरिसकेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेवसाईट मार्फत एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

गण्डकी प्रदेशका अभिकर्ताहरुको अनलाइन परीक्षा यही चैत महिनाको २२ गते बिहीबार दिउँसो ४ बजेदेखि ५ः३० बजेसम्म हुने कुरा उक्त सूचनामा उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसाुर सो परीक्षामा नेपाल भरीबाट योग्यता पुगेका नेपाली नागरिकहरु समावेश हुन पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*