कस्तो रह्यो आज बीमा क्षेत्रको शेयर बजार ?

२० चैत्र २०८०, मंगलवार १७:२९

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंकले घट्दा समग्र नेप्से २ हजार १०.२१ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

जीवन बीमा कम्पनीः
मंगलबार समग्र रुपमा शेयर बजार घटेतापनि जीवन बीमा कम्पनीको शेयरमूल्य चाँही बढेको छ । उक्त दिन जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १९ प्रतिशत अर्थात १९ अंकले बढेर १०१२८ दशमलव ३५ को विन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये ७ वटाको शेयरमूल्य बढेको र पाँच वटाको घटेको नेप्सेले जनाएको छ ।

मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ दशमलव २७ प्रतिशतले सर्वाधिक बढेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ० दशमलव १३ प्रतिशतले सर्वाधिक घटेको छ ।

निर्जीवन बीमा कम्पनीः
ननलाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव १७ प्रतिशत अर्थात १८ दशमलव ३० अंकले घटेर १०४०५ दशमलव ४६ को विन्दुमा कायम भएको छ । त्यस कारण मंगलबार कारोबार भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये पाँच वटाको बढेको छ ।

उक्त दिन ६ वटा निर्जीवन बीमा कम्पनीको शेयरमूल्य घटेको र एक वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । आज युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ० दशमलव ५९ प्रतिशतले बढेर ५२८ रुपैयाँमा कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*