सानिमा रिलायन्स लाइफमा रोजगारको अवसर

२१ चैत्र २०८०, बुधबार १०:१५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले रोजगारको अवसर खुलाएको छ । कम्पनीको देशभरिका विभिन्न प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उपशाखा कार्यालयमा काम गर्न दक्ष तथा अनुभवी कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रदेश प्रमुख, शाखा प्रमुख तथा बजार व्यवस्थापक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसमा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य बजार प्रवद्र्धन सम्बन्धी कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

उक्त पदहरुमा रही काम गर्न इच्छुक योग्य नेपाली नागरिकले आफू कार्य गर्न इच्छुक पद, प्रदेश, जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरण सहित १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*