नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

२२ चैत्र २०८०, बिहीबार १६:१६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालयले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको तुलसीपुर शाखाले एकै दिनमा १२५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

यसअघि कम्पनीको कलंकी शाखाले एकैदिनमा १०१ वटा बीमा पोलिसी बिक्री गरेर रेकर्ड कायम गरेको थियो । उक्त रेकर्डलाई तुलसीपुर शाखाले चैत २१ गतेका दिन १२५ वटा बीमा पोलिसी बिक्री गर्दै तोडेर रेकर्ड आफ्नोे नाम गर्न सफल भएको छ । आर्थिक मन्दीकाबीचमा पनि कम्पनीको व्यवसाय बृद्धिमा तुलसीपुर शाखाले महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएको छ ।

उक्त अवसरमा कम्पनीको तुलसीपुर शाखा प्रमुख कमला कुमारी खड्काले खुशी व्यक्त गर्दै शाखामा आवद्ध रहेका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरिन् । साथै, उनले चैत महिनामा व्यापार नै हुदैन भन्ने मनासायलाई पराकाष्ट गर्दै अभिकर्ताहरुसँगको छलफलमा विभिन्न पुरस्कारको व्यवस्था गरी उक्त रेकर्ड कायम गर्न सफल भएको बताइन् ।

‘मानिसको लागि कुनै पनि कुरा असम्भव छैन् । सकारात्मक सोचसहित कुनै पनि काम गर्न पहल गर्यौ भने हामि एकदिन अवश्य सफल हुन्छौं । हामिहरुले पहल नै गरेनौ भने कुनै पनि नतिजा प्राप्त गर्न सक्दैनौ । सोही मनसायलाई आत्मसाथ गरी हामिले रेकर्ड आफ्नो शाखाको नाममा राख्न सफल भएको छौं’ तुलसीपुर शाखा प्रमुख खड्काले बताइन् ।

कम्पनीका सिनियर एजेन्सी म्यानेजर खम्बु रोकायाले गएको शनीवार नजिकैको रानीवनमा अभिकर्ता साथिहरुसँग पिकनिक गएको अवस्थामा आफुहरुले एकतावद्ध तरिकाले एकजुट भएर व्यवसाय गरेको खण्डमा नयाँ रेकर्ड कायम गर्न सक्ने भन्दै छलफल गरेको बताए ।

‘पिकनिकमा हामि सबै तुलसीपुर शाखामा आवद्ध भएका अभिकर्ताहरु भेला भएका थियौ र सोही अवस्थामा हामिले कम्पनीको कलंकी शाखा कार्यालयले बनाएको रेकर्डबारे छलफल पनि गरेका थियौं । यसैबारे छलफलपश्चात आफुहरुले पनि रेकर्ड बनाउन सक्ने भन्दै शाखा कार्यालयमा सम्वनय गर्यौं र एकतावद्ध तरिकाले अगाडी बढ्दा नयाँ रेकर्ड कायम गर्न सफल भयौं’ सिनियर एजेन्सी म्यानेजर रोकायाले खुशी व्यक्त गर्दै बताए ।

One thought on “नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

  1. श्रीराम प्रसाद says:

    बधाई छ सबै टिमलाई ।
    425 बिमाकाे रेकर्डमा म पनि छु।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*