सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दावी भुक्तानी

२३ चैत्र २०८०, शुक्रबार ११:४२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेल्धुरा शाखाले बुधबार एक कार्यक्रम आयोजना गरी घातक रोग बाफत बीमित राजन भट्टराईलाइ बीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।

डडेल्धुरा शाखा प्रमुख राम बहादुर बिष्ट, कर्मचारी सुनिता मल्लले संयुक्त रुपमा बीमित भट्टराईलाई दुई लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

परशुराम नगरपालिका १२ का २६ बर्षिय बीमित भट्टराईले ६ बर्ष अघि २० बर्ष अबधिका लागी २ लाख, ५० हजारको ‘जिवन शारथी योजना’ अन्तर्गत जीवन बीमा गरेको इन्स्योरेन्सका एजेन्सी म्यानेजर काली भट्टराईले जानकारी दिए ।

सोही योजना अन्तर्गत ४ वटा सुबिधा मध्ये २० वटा घातक रोगको उपचार खर्च दिने ब्यवस्था अनुरुप सहयोग गरिएको हो । बीमितले जति बिमाङ्क रकमको बीमा गरेको छ त्यति नै रकम उपचार खर्च दिने प्रावधान रहेकोले बीमितलाई उपचार खर्च स्वरुप २ लाख ५० हजार प्रदान गरिएको शाखा प्रमुख बिष्टले जानकारी दिए ।

मुटुको शल्यक्रीया गरेका राजन भट्टराईले आफ्नो सल्यक्रिया भईसके पश्चात आफुले बिमाङ्क रकम बराबरको रकम उपचार खर्च पाउदा खुसि लागेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*