नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दावी भुक्तानी

२३ चैत्र २०८०, शुक्रबार १८:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले दावी भुक्तानी गरेको छ । कम्पनीले चहेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व. सुजल आचार्यको परिवारलाई दाबी भुक्तानी दिएको हो ।

आचार्यको २१ बर्षको उमेरमा माघ २१ गते निधन भएको थियो । शाखाले निजको बीमा प्रारम्भ मिति २०७६ जेठ ३ गते शुक्रबारका दिन जारी गरिएको बीमाङक रकम ५ लाख र कम्पनीको आर्जित बोनश गरि बीमितले ५ बर्षमा प्रिमियम तिरेको रकम १ लाख ४० हजार ७१० रुपैयाँ भएतापनि कम्पनीको नियमानुसार सामान्य मृत्युमा बीमितले पाउने सुविधा बीमाङक रकम र बोनश भएकोले कुल रकम ६ लाख ५४ हजार २३५ रुपैयाँ भुक्तानी गरेका हुन् ।

बीमितको हकवाला माता ईश्वरी आचार्यलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*