रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ठ ३० जना सम्मानित

२५ चैत्र २०८०, आईतवार ११:०६

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न भएको छ । यहि चैत २४ र २५ गते चितवन, सौराहाको होटल मोनालिसामा १७० जनाको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको हो ।

एजेन्सी कन्फ्रेन्स कार्यक्रमको सभाअध्यक्षता चितवन रिजन प्रमुख राजेन्द्र पौडेलले गरेका थिए । साथै उक्त कार्यक्रममा प्रमुख अथिति कम्पनीका सञ्चालक इन्द्र प्रसाद शर्मा, बिशिष्ट अतिथिमा सिनियर एजिएम दिपेस बाबु तिवारी, केन्द्रिय कार्यालयका सिनियर म्यानेजर प्रकाश धिताल र मोटिभेसनल स्पीकर रमन भट्टराई रहेका थिए । कार्यक्रममा जम्मा एक सय जना एजेन्सी म्यानेजर सहित कुल १७० जनाको उपस्थिती रहेको कम्पनीको पर्सा भण्डारा शाखाका मार्केटिङ प्रमुख हेमराज बस्नेतले जानकारी दिए ।

विभिन्न विधामा उत्कृष्ट कार्य गर्दै आएका ३० जनालाई कार्यक्रममा सम्मान प्रदान गरेको छ । कम्पनीले एमडिआरटी, सिनियर एजेन्सी म्यानेजर र सेल्फ बिजनेश टप लगायतका विधामा सफल भएकालाई सम्मानसहित हौसला प्रदान गरेको हो ।

कम्पनीको पर्सा भण्डारा शाखाका मार्केटिङ प्रमुख हेमराज बस्नेतले एजेन्सी कन्फेन्स कार्यक्रमका कारण कर्मचारी लगायत अभिकर्ताहरुको मनोवल बृद्धि भएको र व्यवसाय आर्जनमा समेत सहयोग पुग्ने बताए । साथै, उनले कार्यक्रममा सहभागि भई सम्मानित भएका अभिकर्ता लगायत विभिन्न विधामा उत्कृष्ट कर्मचारीलाई हार्दिक आभार व्यक्त गरे ।

उक्त एजेन्सी कन्फ्रेन्सले कर्मचारी, अभिकर्ता तथा सम्पूर्ण कम्पनीसँग आवद्ध भएकाको कार्यक्षमता बृद्धि र व्यवसाय बृद्धिमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । कम्पनीले यस अघि पनि विभिन्न प्रकारका कार्यक्रम आयोजना गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*