सिटिजन लाइफका एजेन्सी म्यानेजर राजेश कार्कीले बनाए रेकर्ड, एकैदिनमा १०५ वटा पोलिसी बिक्री गर्न सफल

२५ चैत्र २०८०, आईतवार १२:३९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजेश कार्कीले कम्पनीमा नयाँ रेकर्ड कायम गरेका छन् । कम्पनीको गाईघाट शाखामा आवद्ध एजेन्सी म्यानेजर कार्कीले एकैदिनमा १०५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।

कम्पनीमा प्रवेश गरेको छोटो समयमा नै आक्रामक तरिकाले व्यापार गर्दै आएका कार्कीको २०२५ को लागि एमडीआरटी बन्ने लक्ष्य रहेको छ । सोही उदेश्यलाई आत्मसाथ गर्दै उनले गाईघाट क्षेत्रका स्थानीयहरुको बीमा गराएर उनीहरुको जोखिम हस्तान्तरणमा महत्वपूर्ण भुमिका समेत निर्वाह गर्दै आएका छन् ।

एजेन्सी म्यानेजर कार्कीले एकैदिनमा १०५ वटा बीमा पोलिसी बिक्री गर्नु त सुरुवात मात्र भएको र आउँदो दिनमा अझै बढी बीमा पोलिसी बिक्री गर्ने बताए । उनले यस अघि मेट लाइफ इन्स्योरेन्समा आवद्ध रहँदा पनि एकैदिनमा १२८ वटा बीमा पोलिसी समेत बिक्री गर्न सफल भएका थिए । एजेन्सी म्यानेजर कार्की प्रष्ट वक्त हुन् । उनले आम सर्वसाधारणलाई बीमा सम्बन्धि जनचेतना फैलाउदै सिटिजन लाइफका विभिन्न पोलिसीहरु बिक्री गर्दै आएका छन् ।

‘मलाई गाईघाट शाखा प्रमुख मन्जु थापा, सिनियर एजेन्सी म्यानेजर जित बहादुर भुजेल र सोही कार्यालयका कर्मचारी शान्त चौलागाईले विभिन्न कुरामा सहयोग गर्दैै आएका छन् । र मैले पनि मेरो क्षमताले भ्याएसम्म आफ्नो व्यवसायलाई एकातिर राख्र्दै विभिन्न क्षेत्रमा रहेका मानिसहरुको बीमा गर्दै आएको छु’ एजेन्सी म्यानेजर कार्कीले बताए ।

कम्पनीको गाईघाट शाखा प्रमुख मन्जु थापाले एजेन्सी म्यानेजर राजेश कार्की एकदमै क्षमतावान र सहयोगि भावनाका व्यक्ति रहेको बताएकी छिन् । साथै, उनले एजेन्सी म्यानेजर कार्कीको एमडीआरटी बन्ने उदेश्यमा आवश्यक सहयोग गर्ने समेत बताईन् ।

बीमा परम सद्विश्वास हो, हामी अभिकर्ताहरुले विश्वास बेच्ने हो । राजेश कार्की भन्छन्, जहाँ विश्वास हुन्छ, त्यहाँ बीमा हुन्छ, जहाँ विश्वास हुँदैन त्यहाँ बीमा हुँदैन । बीमा व्यवसायमा विश्वास बेच्न सक्नुपर्छ ।
देशको लागि कर तिरेको छ, देशको आर्थिक ढुकुटीमा सहयोग पुरयाएको छ । धेरै कर्मचारीहरुलाई रोजगार सृजना भएको छ । तर पनि अभिकर्तालाई राज्य र स्वयं मानिसहरुले पनि ईज्जत दिन चाहि जानेको छैन् । त्यसमा चाँहि दुख लाग्छ उनले दुखेसो पोखे ।
सम्झाउँने पाटो, विश्वासको कमी र धैर्यताको खाँचो जस्ता बीमा अभिकर्ता पेशाको मूख्य चूनौति भएको उनको अनुभव छ ।
आफु भित्र रहेको शंका हटाउनु, धैर्यता, झन्झट नमान्ने खालका गुणहरु एक बीमा अभिकर्ताहरुमा हुनुपर्दछ ।
बीमाले जोखिम बोक्छ तर बचाँउन चाँहि सक्दैन । बीमाले आर्थिक जोखिम बहन गर्छ, तर बचाँउन चाँहि सक्दैन् । बीमा आर्थिक बहन गर्ने एक पाटो हो अर्को आर्थिक उपार्जन हो उनले बताए ।

कार्की भन्छन्, सबै मानिसहरुलाई बीमाको दायरामा ल्याउने सबैभन्दा बढी महत्वपूर्ण भुमिका बीमा अभिकर्ताहरु कै हुन्छ ।तर त्यसको व्यवस्थापन भने राज्यले नै गर्नुपर्ने हुन्छ । नीति निमार्णको पहँुचमा रहेका तहहरुले राम्रो खालको नीति तर्जुमा गरेर, राम्रोसँग सूचना दिएर त्यसलाई ध्यान दिनुपर्छ होला जस्तो लाग्छ ।

लामो अवधि देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेका अभिकर्ताहरुलाई उनीहरुको दक्षता, कार्यक्षमताका आधारमा राज्यले केही नयाँ खाले सेवा, सुविधा प्रदान गर्ने हो भने यो पेशा सम्मानित हुन्छ होला ।कम्पनीले कर्मचारीलाई जसरी बीमा गराउँछ, त्यसरी नै अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरु यो पेशामा आकर्षित हुन्छन् ।

किनकि अभिकर्ताहरु दिन, रात, गाउँ, शहर, घाम, पानी नभनि खट्नु पर्ने हुन्छ । अभिकर्ताहरुलाई जोखिम बढी हुन्छ, अभिकर्ताहरु जुन कम्पनीमा आवद्ध रहेका हुन्छन्, त्यो कम्पनीले कर्मचारीहरुको जस्तै हामि अभिकर्ताहरुको पनि जीवन बीमा गरिदियो भने अभिकर्ताहरुको पनि जोखिम बहन उनले बताए ।

बीमा बचत मात्रै होईन्, बीमाले आर्थिक जोखिमबाट बचाउँछ । बीमा अविार्य बचत हो ।बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितको बीच पुलको काम गर्ने व्यक्ति हो ।
१५–१६ बर्ष अघिको बीमा बारेमा मानिसको बुझाईमा केही परिवर्तन भएको छ, तर अपेक्षाकृत रुपमा भने व्यवसाय बढ्न सकेको छैन ।शिक्षित नै बीमा गर्नु पर्छ भन्ने कुरा बुझदैनन् । यो किन गर्नुपर्छ र नगर्दा पनि केहि फरक पर्दैन भन्ने चेतना छैन ।

लामो समय देखि बीमा अभिकर्ता पेशामा लागेका कार्कीँग बीमा गराउँदाका केही तिता अनि केही मिठा पलहरु नभएका पनि होईनन् ।तीनै तिता अनि मिठा पलहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको र अझै पनि यहि पेशालाई नै निरन्तरता दिने उनले बताए । राजेश भन्छन् होस् नहोस् यही पेशालाई नै निरन्तरता दिन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*