सानिमा रिलायन्स लाइफको अभिकर्ता सीप विकास कार्यक्रम भव्य रुपमा सम्पन्न

२५ चैत्र २०८०, आईतवार १३:२४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बनेपा क्षेत्रीय कार्यलयले मिराबेल रिसोर्ट धुलिखेलमा अभिकर्ता सीप विकास कार्यक्रम सम्पन्न गरेको हो ।

अभिकर्ताहरुलाइ क्षमता अभिबृदी गराइ सिपमा निपुणता हासिल गरि आर्थिक वृद्धिदरसगै ब्यबसायको प्रबर्द्धन गर्न कम्पनिले उक्त कार्यक्रम गरेको जनाएको छ । कार्यक्रममा विभिन्न शाखा कार्यलयका योग्य १०५ जना अभिकर्ताहरु सहभागी रहेका थिए ।

कार्यक्रममा कम्पनीको उप–प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले आर्थिक स्वतन्त्रता कायम गर्न सकिने विभिन्न उपाय सहित आम्दानीलाई खर्च सग होइन बचत सग समाहित गर्न जोड दिनुका साथै हरेक ब्यक्तिले लगानी पुर्व ब्यक्तिको र सम्पत्तिको सुरक्षा गर्न बीमा एक मात्र हतियार रहेको कुरा प्रष्ट पारेका थिए ।

त्यसैगरि प्रमुख बजार अधिकृत सुर्य प्रकाश गुप्ताले कम्पनीले ल्याएको बिभिन्न किसिमको योजनाहरु ग्राहक समक्ष पुराउनको लागि मिहिनेत गर्ने अभिकर्ताहरुलाइ विभिन्न क्लब र सुबिधाको योजना ल्याउने सानिमा रिलायन्स एक अग्रणी बीमा कम्पनी रहेको धारणा उल्लेख गरे ।

क्षेत्रीय प्रमुख बलराम खत्रीले उपस्थित सबैलाई हार्दिक आभार र धन्यवाद दिएको उक्त कार्यक्रममा शाखा कार्यलयहरुका प्रमुख तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

May be an image of 8 people

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*