डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !

२५ चैत्र २०८०, आईतवार १७:३२

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संचालकहरुले एक वर्षमा भ्रमण बापत साढे २७ लाख रुपैयाँ खर्च गरेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संचालकहरुले आर्थिक वर्ष २०७९।८० मा वैदेशिक र आन्तरिक भ्रमण बापत २७ लाख ५३ हजार ४६० रुपैयाँ खर्च गरेका हुन् ।

संचालकहरु वैदेशिक भ्रमणबापत २६ लाख ३४ हजार ९०२ रुपैयाँ र आन्तरिक भ्रमण बापत १ लाख १८ हजार ५५८ रुपैयाँ खर्च गरेको छन् ।

त्यस्तै, गत आर्थिक वर्षमा संचालकहरु बैठकमा सहभागी भए बापत प्रतिबैठक ८ हजारका दरले १२ लाख ७८ हजार रुपैयाँ खर्च गरेका छन् । संचालकहरु पत्रपत्रिका बापत वार्षिक सात हजारका दरले ४९ हजार रुपैयाँ, टेलिफोन बापत मासिक २ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ, बैठकमा सहभागि हुँदा खाना खाजाबापत १ लाख २९ हजार रुपैयाँ खर्च गरेका हुन् ।

One thought on “डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*