डिप्रोक्स लघुवित्तको साढे २ करोड नाफा गायब, अधिकांश सूचकको ओरालो यात्रा, खराब कर्जा उच्च वृद्धि

२६ बैशाख २०८१, बुधबार ११:३६

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा खुद नाफामा ८.८६ प्रतिशतको घटेर २५ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफाबाट कम्पनीको २ करोड ४६ लाख रुपैयाँ गायब भएको हो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा ५.६५ प्रतिशतले घटेर ३७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ३९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको इम्पेयरमेन्च चार्ज १६ करोड ४० लाख कायम भएको छ । हाल डेप्रोक्सको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ जम्मा छ ।

त्यस्र्तै, कम्पनीको खुद ब्याज आम्दानी ४.०५ प्रतिशतले बढेर ९७ करोड ९० लाख रुपैयाँ, वितरणयोग्य नाफा २८ प्रतिशतले घटेर ३७ करोड ९६ लाख रुपैयाँ र खराब कर्जा ३.७६ प्रतिशतले बढेर ८.२५ प्रतिशत पुगेको छ ।

यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १९.७७ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९६.५१ रुपैयाँ देखिएको छ ।

डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*