सिटिजन लाइफको ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’ सम्पन्न

२६ चैत्र २०८०, सोमबार ०७:०९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्णाली प्रदेश कार्यालय विरेन्द्रनगर शाखाले जाजरकोटको छेडागाड नगरपालीका, कार्कीगाउँमा स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित भएका उपनगर प्रमुखले बीमा अर्थ प्रणालीको अभिन्न अंगमात्र नभइ अपरिहार्य रहेको कुरा जाजरकोटमा गएको भूकम्बाट सिक्नुपर्ने बताए । कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख मुरली भण्डारीले स्थानीय सर्वसाधारण, पालीकाका उच्च पदस्थ अधीकारीहरू र बुद्धिजिबी हरूबीच जीवन र निर्जीवन बीमा दुवैको महत्वबारे धारणा व्यक्त गरे ।

उनले जुनसुकै स्थानीय सरकारको पहिलो प्राथमिकता स्थानीयको आर्थिक उन्नत हुने र जँहा आर्थिक कारोबार हुन्छ त्यहाँ जोखिम हुने भएकाले जोखिम बहनमा बीमाको बिकल्प नहुने कुरा स्थानीय सरकारले बुझेर आम सर्वसाधरणलाई समेत बुझाउनु पर्ने कुरामा जोड दिए ।

One thought on “सिटिजन लाइफको ‘स्थानीय सरकारसँग बीमा सचेतना तथा छलफल कार्यक्रम’ सम्पन्न

  1. मीन बहादुर डागि says:

    धेरै राम्राे कार्य गर्नु भयकाेमा कर्णाली प्रदेश इन्चार्ज मुरलि सर लगायत सम्पु्र्ण सिटिजन परिवारलाई धन्यबाद

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*