आइएमई लाइफद्वारा डिसिईओका लागि दरखास्त आह्वान, के–के चाहिन्छ योग्यता?

२६ चैत्र २०८०, सोमबार ११:३६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ)का लागि दरखास्त आवेदन खुलाएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक एकजना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

यसका लागि विजनेश एडमिनिस्ट्रेसन, फाइनान्स, एकाउन्टिङ तथा अर्थशास्त्र विषयबाट मास्टर डिग्री गरेको हुनुपर्नेछ । उमेरको हदमा कम्तिमा ४५ वर्ष पुुगेको र सम्बन्धित क्षेत्रमा कम्तिमा १५ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

सूचनामा तोकेबमोजिमको अन्य सबै योग्यता भएको इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको इमेल ठेगाना [email protected] मार्फत पठाउन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*