२४ मध्ये २० बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीका शेयरधनीले कति पाए ? (सूचीसहित)

‘८ कम्पनीले बनायो लगानीकर्ताको हात रित्तो’
२६ चैत्र २०८०, सोमबार १६:४६

काठमाडौं । हाल नेपालमा २८ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ वटा बीमा कम्पनी सूचीकृत भई कारोबार सञ्चालन गरिरहेका छन् । जीवन बीमा कम्पनीहरु १२ वटा र निर्जीवन बीमा कम्पनीहरु १२ वटा रहेका छन् ।

हालसम्म अधिकांश बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरिसकेको छ । कम्पनीहरुम लगानी गर्ने शेयरधनीको मुख्य आयस्रोत भनेको कम्पनीले घोषणा गर्ने लाभांश हो । प्राय बीमा कम्पनीहरुको वार्षिक साधारण सभा अन्य क्षेत्रका कम्पनीहरुमध्ये ढिलो हुने गर्छन् ।

जीवन बीमा कम्पनीः

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९ वटाले आफ्ना शेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । जसमा ४ वटा कम्पनीले लगानीकर्ताको हात रित्तो बनाएको छ । उक्त कम्पनीप्रति लगानीकर्ताहरु निराश बनेका छन् । लगानीकर्ताहरुको लागि जुन स्वभाविक हो ।

कम्पनीहरुले घोषणा गरेको लाभांशको आधारमा सूर्यज्योति लाइफ र सन नेपाल लाईफले लगानीकर्ताहरुलाई मख्ख बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सूर्यज्योति लाइफले नगद र बोनश गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । यद्यपि उक्त लाभांश वार्षिक साधारण सभाले पारित गर्न बाकी रहेको छ ।

त्यस्तै, सन नेपाल लाइफले पनि आफ्ना लगानीकर्ताहरुलाई खुशी बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद र बोनस गरी कुल २५ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । रिलायबल नेपालले घोषणा गरेको १६ दशमलव ८ प्रतिशत लाभांश चाँही लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ ।

शेयरधनीलाई एशियन लाइफले ८ दशमलव १५७८ प्रतिशत र सिटिजन लाइफले पाँच दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै, हिमालयन लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ र एलआइसी नेपाल लाइफले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गर्दै निराश बनाएको छ ।

नेशनल लाइफ र प्रभु महालक्ष्मी लाइफले चाँही लाभांश घोषणा गर्न बाँकी रहेको छ ।

निर्जीवन बीमा कम्पनीः

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार भएका १२ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये ११ वटाले आफ्ना शेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ । जसमा ४ वटा कम्पनीले लगानीकर्ताको हात रित्तो बनाएको छ । उक्त कम्पनीप्रति लगानीकर्ताहरु निराश बनेका छन् । लगानीकर्ताहरुको लागि जुन स्वभाविक हो ।

कम्पनीहरुले घोषणा गरेको लाभांशको आधारमा हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लगानीकर्ताहरुलाई मख्ख बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सले नगद र बोनश गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि आफ्ना लगानीकर्ताहरुलाई खुशी बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद र बोनस गरी कुल ११ प्रतिशत लाभांश घोषणा गरेको छ । साथै, युनाइटेड अजोडले १० दशमलव ८ प्रतिशत, नेपाल इन्स्योरेन्सले १० दशमलव ५२६३ प्रतिशत, एनएलजिले पाँच दशमलव ७८ प्रतिशत, प्रभु इन्स्योरेन्स र सगरमाथा लुम्बिनीले पाँच प्रतिशतका दरले लाभांश घोषणा गरेका छन् ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल, नेको, सानिमा जिआईसी र शिखर इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गर्दै निराश बनाएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चाँही लाभांश घोषणा गरेको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*