नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ

३० चैत्र २०८०, शुक्रबार १८:०६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्नुहुँदै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेभसाइट संचालनमा ल्याएको बताएका हुन् ।

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने जानकारी दिनुहुँदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेभसाइटबाट जानकारी प्राप्त हुने बताउनुहुँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेभसाइटलाई परिमार्जन गर्दै लगिने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेभसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए ।

प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा प्राधिकरणका कर्मचारीहरू र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । प्राधिकरणको नयाँ वेभसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*