सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

२ बैशाख २०८१, आईतवार १०:२३

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । कम्पनीले वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि सभा डोकेको हो । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशत बोशन शेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले चुक्ता पूँजी वृद्धि गरी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने एजेण्डा रहेका छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*