हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु

२ बैशाख २०८१, आईतवार १२:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्।

नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा लागि परेका छन् ।

नेपाल बीमा प्राधिकरणले यसै सातामा डिसिईओको विवरण बीमा प्राधिकरणमा पठाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु यती बेला नयाँ नियुक्ति प्रकृयाको दौडमा रहेका छन् ।

प्राधिकरणको पत्र कम्पनीमा पुगेसँगै संचालक समितिको निर्णय इमर्जेन्सीको लागि बोलाउदै विकल्प खोज्न लागि परेका छन् भने कतिपय कम्पनीले डिसिईओको लागि दैनिक पत्रिकामा भ्याकेन्सी समेत सार्वजनिक गरिसकेका छन् ।

हाल संचालनमा रहेका २८ बीमा मध्ये नौ बीमा कम्पनीमा डेपुटी सिईओको पद रिक्त रहेको छ। जीवनतर्फ ६ कम्पनी र निर्जिवनतर्फ तीन गरि नौ कम्पनीमा डेपुटी सिईओ छैनन्।जीवनतर्फ सन नेपाल, आइएमई लाइफ, सिटिजन लाइफ,राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ र रिलायबल नेपाल लाइफमा डेपुटी सिईओ छैनन् ।

त्यस्तै, निर्जिवन बीमातर्फ  ओरियन्टल, प्रभु र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ छैनन् ।प्राधिकरणको संस्थागत सुशासनमा बीमा कम्पनीहरुले अनिवार्य उप प्रमुख कार्यकारी निर्देशक राख्ने व्यवस्था रहेको छ। तर बीमा कम्पनीहरुले अटेर गरेसँगै प्राधिकरणले सम्पूर्ण विवरण सहित तीन दिनभित्र विवरण माग गरेको हो ।

बीमा ऐनको परिच्छेक २ को १४ दफामा कम्पनीले अध्यक्ष र सदस्यले आफू नियुक्त भएको ३० दिनभित्र विवरण सहित प्राधिकरणमा पेश गनुपर्छ । तर डेपुटी सिईओको हकमा भने यो व्यवस्था लागू छैन ।कम्पनीको बोर्डको बैठकले नियुक्त गर्ने व्यवस्था रहेको कारण प्राधिकरणलाई डेपुटी गर्भनरको रेकर्ड नभएको कारण कम्पनीहरुले उक्त पद रिक्त राख्दै आएका थिए ।

प्राधिकरणको पत्र कम्पनीमा पुगेसँगै कम्पनीहरुले रिक्त रहेको डेपुटी पदको बिषयमा सोच्न लागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*