चैत महिनामा आइएमई लाइफद्वारा २८ वटा बीमा दावी भुक्तानी

२ बैशाख २०८१, आईतवार १७:२७

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा एक करोड २६ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत परेका बीमा दावीको भुक्तानी गरेको हो ।

कम्पनीले एकै महिनामा २८ वटा बीमा पोलिसीको दावी भुक्तानी गर्न सफल भएको छ । उक्त दाबी रकममा २८ वटा बीमालेखहरु रहेको छन् दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*