सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सम्पन्न, कम्पनी चाडै अर्को योजना ल्याउदै

२ बैशाख २०८१, आईतवार १७:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चैत महिनाको लागि ल्याएको ‘मिसन एक्टिभ’ क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको छ ।

कम्पनीको उच्च तहका कर्मचारीहरुले देशमा रहेको आर्थिक मन्दी र चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनस्थितीलाई पराजय गर्ने उदेश्यका साथ सो क्याम्यिन आयोजना गरेको थियो । यो योजनामा देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरुलाई उनीहरुको भौगोलिक तथा सामाजिक लगायतका अवस्थाको अध्ययन गरी सोही अनुसारको लक्ष्य दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको उक्त क्याम्पियनमा कुल ५६ वटा शाखा कार्यालयले दिईएको लक्ष्य पूरा गर्न सफल भएका छन् । यस महिनामा १५ वटा शाखा कार्यालयले एकैदिनमा एक सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीको गाइघाट शाखा, स्वयम्भु, बानेश्वर, जितपुर, बालाजू, बुटवल, त्रिपुरेश्वर, नारायणगढ, जमल शाखा, बाग्लुङ, पोखरा, बिर्तामोड, म्याग्दी, कुश्मा, जनकपुर शाखा कार्यालयले एकैदिनमा एक सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका छन् ।

कम्पनीको गाईघाट शाखाका एजेन्सी म्यानेजर राजेश कार्कीले सोही अवसरमा एकैदिनमा एक सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्दै रेकर्ड समेत कायम गर्न सफल भएका छन् । कम्पनीले मिसन एक्टिभ क्याम्पियनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिने सम्पूर्ण शाखा कार्यालयलाई हार्दिक आभार प्रकट गरेको छ ।

साथै, कम्पनीले चाडै अर्को मिसन सञ्चालन ल्याउने जानकारी समेत दिएको छ । उक्त मिसनको लागि शाखा कार्यालयहरुलाई तयारी अवस्थामा रहन समेत कम्पनीले आग्रह गरेको छ ।

सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*