बिस्फोटमा परी ज्यान गुमाएका मगरको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी

२ बैशाख २०८१, आईतवार १८:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिस्फोटमा परी ज्यान गुमाएका रेशम बहादुर जर्गा मगरको मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीले एक औपचारीक कार्यक्रमको आयोजना गरी बीमितको घरमै गएर बीमितका आफन्तलाई दुई लाख ४ हजार रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा वडा अध्यक्ष टेक बहादुर लामा, कम्पनीका प्रदेस प्रमुख सुदिस्ट गुप्ता, निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेत, पुर्ब कार्यपालिका सदस्य तथा सोही कम्पनीका अभिकर्ता जगत कुमारी अधिकारी, अभिकर्ता उषा लामा मोक्तान, अभिकर्ता रुपा घलानको उपस्थितमा मृत्यु दाबी बापतको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष टेक बहादुर लामाले सम्पूर्ण नागरिकलाई बीमा गर्न सुझाव दिए । साथै उनले बीमा आफ्नो लागि मात्र नभएर परीवारको लागि भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*