एशियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५०% सम्म छुट

३ बैशाख २०८१, सोमबार ०७:४७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीबाट जारी भएको बीमालेख अन्तर्गत २०८० चैत्र मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु यही वैशाख ३ गतेदेखि जेठ २५ गतेसम्म नवीकरण गर्दा छुट दिने भएको हो ।

कम्पनीले दुई वर्ष देखि पाँच वर्षभन्दा कम अवधिको बीमालेखमा २५ प्रतिशत र पाँच वर्षदेखि माथिको अवधिमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । साथै, दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा र एक पटक छुट सुविधा लिइसकेकालाई यो सुविधा लागु नहुने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*