सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी

३ बैशाख २०८१, सोमबार १२:३४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले दुर्घटनामा परी ज्यान गुमाएका बीमित राम कुमार चौधरीको परिवारलाई दावी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको हो ।

कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाको १९ घर भएका बीमित चौधरीको गत वर्ष फागुन ११ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए । कम्पनीले बीमा दावी भुक्तानीको आवश्यक प्रक्रिया पुरा गरी बीमित चौधरीले इच्छाएको व्यक्ति रीता देबी चौधरीलाई बीमा दावी वापतको चार लाख आठ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको धनगढी शाखाले जनाएको छ ।

कम्पनीले बीमाङ्क रकम २ लाख रुपैयाँ, दुर्घटना लाभ सुविधा बाबजुत २ लाख रुपैयाँ र बोनस ८ हजार गरी कुल चार लाख ८ हजार रुपैयाँ दावी भुक्तानी दिएको छ । दावी भुक्तानी वापतको रुपैयाँले परिवारलाई आर्थिक समस्याबाट बचाउन सहयोग गर्नेमा कम्पनीले विश्वास गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*