एलआइसी नेपालको चाबहिल शाखाद्वारा बीमा दावी भुक्तानी

४ बैशाख २०८१, मंगलवार १४:२०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखा कार्यालयले स्वर्गिय बीमित सुमन पराजुलीको बीमा दावी भुक्तानी गरेको हो ।

काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका – ०४ जोरपाटी निवासी स्वर्गि बीमित पराजुली को परिवारलाई जीवन बीमा वाफतको २३ लाख ६८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको कम्पनीको चाबहिल शाखा कार्यालयले जनाएको छ ।

स्वर्गिय पराजुलीको श्रीमती कल्पना पराजुलीलाई उक्त मृत्युु दावी वाफतको रकम कम्पनीको चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

स्वर्गिय बीमित पराजुलीको केही महिना अघि हृदयघातको कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । उनले नौ वर्ष पहिले बरिष्ठ अभिकर्ता एवं एजेन्सी मेनेजर लक्ष्मण महत मार्फत १५ लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*