विवाहमा समिक्षाले पाईन् सिटिजन लाइफको बीमा पोलिसी उपहार

७ बैशाख २०८१, शुक्रबार १२:४४

काठमाडौं । पछिल्लो समय मानिसहरुले विवाहमा विभिन्न जिन्सि समानहरुको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा तानसेन –७ निवासी , रिता पाण्डेले आफ्नो दिदिको छोरी समिक्षा बस्यालको विवाहमा २० लाख बिमाङ्कको सिटिजन सुभारम्भ जीवन बीमा योजना उपहार दिएकी छिन् ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको पाण्डेले बताइन् । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् ।

रिता पाण्डे सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखा अन्तर्गत बीमा अभिकर्ता एजेन्सी म्यानेजर हुन् । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् ।

जीवन बीमा उपहार प्रदान गरेकोमा शाखा प्रमुख विजय कार्कीले बधाई तथा नयाँ संस्कारको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरे । जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*