प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

७ बैशाख २०८१, शुक्रबार १३:२१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न ठाउँमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा कम्पनीले सुदुरपश्चि प्रदेश अन्तर्गत कैलाली जिल्लाको लम्कीमा अभिकर्ता नेतृत्व विकास तथा क्षमता बृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक टीका दत्त प्याकुरेलको विशेष उपस्थितिमा तालिम विभाग प्रमुख योगेन्द्र खतिवडा, क्षेत्रीय प्रबन्धक पदम बहादुर राना कर्णाली प्रदेश प्रमुख देश राम चौधरी लगायतले बीमाको महत्व आवश्यकता र आजको सान्दर्भिकताबारे सहभागीलाई जानकारी गराएका थिए ।

लम्की ,टीकापुर र सुखड शाखाका करिब ७० जना सक्रिय अभिकर्ताहरुको सहभागी रहेको कार्यक्रमको सञ्चालन लम्की शाखा प्रमुख भीम खतिवडाले गरेका थिए। सोही कार्यक्रम वैशाख ५ गते धनगढीमा भएको थियो भने वैशाख ८ गते अछाममा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*