हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छुट

९ बैशाख २०८१, आईतवार ०७:३२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज÷जरिवाना)मा १०० प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखमा आज (वैशाख ९ गते)देखि वैशाख २४ गतेसम्म नवीकरण गराउँदा छुट दिने निर्णय गरेको हो ।

कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेख अवधिमा १०० प्रतिशत, तीन देखि माथि पाँच वर्षसम्ममा ५० प्रतिशत, पाँच देखि माथि सात वर्षसम्म ३५ प्रतिशत र सात वर्ष देखि माथि जतिसुकै व्यतित बीमालेख अवधिमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

साथै, यस किसिमको छुट बीमा अवधि भर एकपटक मात्रै पाइने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*