आइएमई लाइफद्धारा सैनामैनामा बीमा दावी बापत करिब १६ लाख रुपैयाँ हस्तान्तरण

९ बैशाख २०८१, आईतवार १०:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको रूपन्देहि शाखाले सैनामैना नगरपालिका १ परौहवामा बीमा मृत्यु दाबि रकम भुक्तानी गरेको छ ।

मेरूदण्ड बचत तथा ऋण सहकारी संस्थाका सैनामैना नगरपालिका ३ रूपन्देहिका स्वर्गीय डिल बहादुर थारूको परिवारलाई १३ लाख ७० हजार र स्वर्गीय शान्ति ठकुरीको परिवारलाई २ लाख गरी जम्मा १५ लाख ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

मृत्यु दाबि भुक्तानि कार्यक्रमलाई सम्बोधन गर्दै आइएमइ लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख राजेन्द्र पन्थीले बीमा गर्नु भनेको आश्रित परिवारलाई राहात भएकोले सहकारीका सबै ऋणिले अनिवार्य बीमा गर्नुपर्ने बताए । सहकारी संस्थाबाट ऋण लिने सदस्यहरूका लागि मृत्यु भएमा, दुर्घटनाका कारण मृत्यु भएमा, दुर्घटनामा परि पुर्णरूपमा अंगभङ्ग भएमा तथा आसिंक रूपमा अपाङ्ग भएमा समेत बीमा दाबी गर्न सकिने भएकोले यो योजना सबै सहकारीले लागु गर्नुपर्नेमा आइएमई लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख पन्थीले जोड दिए ।

कार्यक्रमको समापन गर्दै ऋणिहरूको कर्जा बीमा गर्नाले जोखिम पुर्ण समयमा बीमा कम्पनिले उपलब्ध गरेको रकमले मृतकको परिवार तथा सहकारी संस्थालाई राहात महशुस भएको संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारीले बताए । कम्पनीको दाबी भुक्तानी प्रकृया सहज र सिघ्र भएकोले कर्जा बीमा कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर दिने सहकारी संस्थाका ब्यबस्थापक बिष्णु पन्थिले बताएको उक्त कार्यक्रम संस्थाका सचिव डिल्लिराज घिमिरे संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*